‘मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्छु’: एमाले नेत्री भट्टराई
पाेखरा | कात्तिक २०, २०७९
पोखरा । कास्की क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् ।
साविक कृष्ति गाविसबाट पोखरा १७ मा वसोवास गर्दै आएका मतदातासँंग शनिवार भएको उम्मेदवार परिचय एवम् अन्तकृया कार्यक्रममा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।
निर्माण व्यवसायीको ढिलासुस्तीको कारण समयमा सम्पन्न हुन सकेको फुस्रेखोला, रामदी, मट्टीखान, नुवाकोट सडक निर्माणले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै उनले सो सडक संघ सरकारवाट प्रदेशलाई हस्तान्तरण भईसकेको जानकारी गराईन् ।
उक्त क्षेत्रलाई सडक सञ्जालले पोखरा बजारसंग जोड्न विबभिन्न पहुचमार्ग निर्माणमा जोड दिंदै आएको बताउँदै उनले सडक सुविधाले बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
दुःखको परिस्थितिमा उपनिर्वाचनमा उम्मेदवार बन्दा उक्त क्षेत्रका मतदाताले पु¥याएको योगदानको उच्च कदर गर्दै नेत्री भट्टराईले नीति निर्माण तथा विकास निर्माणका साथै महिला अधिकारका सम्वन्धमा भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारिन् ।
निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार भिमबहादुर कार्कीले राष्ट्र र समाजप्रति समर्पित हुँदै जनभावना अनुसार प्रतिवद्ध भएर काम गर्ने विश्वास व्यक्त गरे । पार्टीको घोषणापत्र, गण्डकी प्रदेशको प्रतिवद्धतापत्रका अनुसार समृद्धिको अभियानमा जुटनेमा उनको जोड थियो ।
मित्रमिलन टोल विकास संस्थाका अध्यक्ष चित्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २१ का वडाअध्यक्ष दिपकप्रसाद सुवेदी, भिरस्वारा टोल विकास संस्थाका अध्यक्ष्ाँ राजेन्द्र पौडेल,मट्टीखान टोल विकास संस्थाका निर्वतमान अध्यक्ष जुद्धवहादुर क्षेत्री,ध्वाँकोट टोल विकास संस्थाका राजकुमार थापा, विजय पौडेल लगायतले सो क्षेत्रको विकास निर्माणसंगै समस्या र समाधानका बारेमा उम्मेदवारलाई ध्यानाकर्षण गराएका थिए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

